१६ चैत्र २०८०, शुक्रबार
Header

अकुपाई टुँडिखेल अभियान सुरु, हरेक शनिवार मानव साङ्लो 


प्रकाशित: शनिवार, २३ कातिक २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । ‘खुलामञ्च खुला गरौं’ भन्दै आज शनिवार नागरिक स्तरबाट अकुपाई टु“डिखेल अभियान सुरु भएको छ । 


नागरिस्तरबाट सुरु भएको यो अभियान खुलामञ्च खाली नभएसम्म हरेक शनिवार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानका अभियन्ता आलोक तुलाधरले बताएका छन । 


अभियान्ता तुलाधारका अनुसार सरकारको ध्यानाकर्षण गराउन तीन महिनासम्म नियमित प्रदर्शन गरिने कार्यक्रम रहेको समेत जानकारी दिए ।


विहान ८ बजे खुलामञ्चमा भेला भएका अभियान्ता, स्थानीय नागरिक, जनप्रतिनिधि, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुले ‘अकुपाई टुँडिखेल अभियान‘ अन्तर्गत खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेरेका थिए । 


उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा, पत्रकार रवि लामिछाने, ऋषी धमला लगायत सहभागी थिए । 


सम्पदा अभियान्ता गणपति लाल श्रेष्ठले कार्यक्रम सुरु हुनु अघि भेला भएका जनमानसलाई अकुपाई टुँडिखेल अभियानको बारेमा जानकारी दिएका थिए । 


श्रेष्ठले सार्वजनिक सम्पदाहरु कसरी अतिक्रमण भईरहेकोबारे जाककारी दिँदै सम्पदा संरक्षणमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए । 


विश्व स्वतन्त्रता दिवसको अवसर पारेर सुरु गरिएको यो अभियानमा सर्वसाधरणका पनि उल्लेखिय उपस्तिथी रहेको थियो । 


अहिले टुँडिखेलमा र खुलामञ्चमा विभिन्न निर्माण सामग्री राखिनुका सार्थ गाडीहरु राख्ने पार्किङस्ल, अस्थायी वसपार्क बनाइएको छ ।

 

 

 


 

तस्वीरः सामाजिक सञ्जालबाट

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD