११ बैशाख २०८१, मंगलबार
Header

अंशु पनि निको भएर घर फर्किन


प्रकाशित: शनिवार, १३ बैशाख २०७७, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना संक्रमित वाग्लुङकी १९ बर्षिया अंशु सापकोटा पनि निको भएर घर फर्केके छिन । 


बागलुङ नगरपालिका–४ कुँडुलेकी अंशुलाई धवलागिरि अञ्चल अस्पतालले शुक्रवार राती डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।


अस्पतालका अनुसार पाँचौ र छैंटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको हो । २८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर फर्केको बताईन । 


उनी चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन । उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 


अव नेपालमा कोरोवाट निको हुने ११ पुग्यो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD