७ जेठ २०८१, सोमबार
Header

अंग्रेजी नयाँ बर्ष सन् २०१९ सुरु, प्रधामन्त्री ओलीद्धारा शुभकामना


प्रकाशित: मंगलवार, १७ पुष २०७५, ०८ः५० बजे
- महानगरखबर

काठमाडौँ । अ्रगेजी नयाँ बर्ष स्न २०१९ मंगलवारबाट सुरु भएको छ । 


ग्रेगोरियन पात्रोअनुसार इस्वी सनको नयाँ वर्ष सन २०१९ शुरु भएको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन् ।


प्रधानमन्त्री ओलीले सन २०१८ संविधानकार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बतएको छ । त्यसैगरी सन २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष पनि भनेको छ । 


येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन । 


ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन सौरमासका आधारमा मात्र निर्माण गरिएको पात्रो भएकाले वैज्ञानिक नभएको संवत विज्ञहरुले जनाएको छ । 


सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विसं जति वैज्ञानिक नभएपनि हाल इस्वी सनको प्रभाव विश्वव्यापी छ । ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेण्डको एक वर्ष हुन्छ । 


तर दिनभन्दा सानो घण्टा मिनेट र सेकेण्डको एकाइले गणनामा असर पर्ने भएकाले उल्लेख गरिँदैन । त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । 


इस्वी सन्  अनुसारको पात्रोमा ‘लिपियर’ का रुपमा त्यसलाई व्यवस्थापन गर्न खोजेपनि पश्चिमा देशमै मतैक्यता हुन नसकेको छैन । 


नयाँ वर्ष २०१९ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा आज विशेष रुपमा यो पर्व मनाइन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD