७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

 सुनको मूल्य १७ सयले घट्यो


प्रकाशित: मंगलवार, १८ फागुन २०७७, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । मंगलवार सुन तोलाको एक हजार ७ सय रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 


सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबार ८७ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।


सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।


अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex