१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

 प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियाको नाम सिफारिस


प्रकाशित: आईतबार, ११ चैत्र २०७५, २०ः१० बजे
- महानगरखवर

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्तमा  नेपाल सरकारका सचिव दिनेशकुमार थपलियाको नाम सिफारिस गरिएको छ । 


संवैधानिक परिषद्ले सचिव थपलियाको नाम सिफारिस गरेको हो । सङ्खुवासभाका थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव छन । 


यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार मात्र सेवानिवृत्त भएपछि रिक्त स्थानमा आयोगमा प्रमुख आयुक्तमा थपलियाको नाम सिफारिस गरिएको हो ।

 
प्रमुख आयुक्त गरी पाँच जना सदस्य रहन्छन । हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन ।


परिषद्को आईतबार सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको परिषद्का सदस्य राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।  


त्यसैगरी परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex