काठमाडौं । डा. गोबिन्द केसी र सरकारबिचको बार्ता अनिश्चित भएपछि डा. केसीले चिकित्सा बिधेयक तथा स्वास्थ्य सेवामा उठाएको मागलाई सम्बोधन गराउन चौतर्फी आवाज उठेको छ ।
यसै सन्दर्भमा आज ( आईतबार ) बसन्तपुर डबलमा नागरिक समाजका अगुवाहरुले सत्याग्रह आन्दोलन चलाउने भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा हुन लागेको सत्याग्रह बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।
२३ दिनदेखि अमरण अनशनरत डा. गोविन्द केसीलाई सरकारले केही दिन अघि जुम्बलाबाट काठमाडौ ल्याएपछि टिचिंगमा उनको उपचार भईरहेको छ ।
यो समूहले शनिबार राजधानीमा प्रदर्शनसमेत गरेको थियो ।
त्यसैगरी हिजैनै बानेश्वरमा नेपाली कांग्रेसका भातृसंगठन तरुण दलले डा. केसीको समर्थनमा प्रर्दशनगर्दा प्रहरी र प्रदर्शनकारीविच भिडन्त भएको थियो ।
Categorized in स्वास्थ्य