काठमाडौँ । संघीय संरचना अनुसार आज ( साउन १ मंगलबार) बाट जिल्लाबाट पाउने सेवा स्थानीय तहबाट पाउने भएको छ ।
हाल जिल्लामा रहेका डेढ दर्जन कार्यालय एकैपटक खारेजीमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १ आजदेखि लागू हुनेगरी कार्यालय हस्तान्तरण र खारेजीको जानकारी सम्बन्धित जिल्लामा परिपत्र गरिसकेको छ ।
मन्त्रालयको परिपत्र अनुसार जिल्लाट पाईन सेवाहरुमा शिक्षा, आधारभूत स्वास्थ्य, कृषि, पशु, खानेपानी, वन, सडक, मालपोत र स्थानीय खेलकुद क्रियाकलापहरु स्थानीय तहबाटै उपलब्ध हुने भएको छ । यस अघि चैत २८ भित्र नै कार्यालय हस्तान्तरण हुनुपर्ने भए पनि सम्पन्न भएका थिएन ।
नयाँ व्यवस्था अनुसार संघको मातहतमा अब ठूला परियोजनासँगै, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रकको कार्यालय रहनेछन भने स्वास्थ्य, क्षेत्रीय शिक्षा निर्देशनालय, कृषि, डिभिजन सडक, डिभिजन सहकारी कार्यालयहरू प्रदेश मातहत रहने भएको छ ।
त्यसैगरी स्थानीय तहमा घरेलु तथा साना उद्योग, मालपोत, नापी, महिला बालबालिका, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका कार्यालय रहनेछन् ।
स्थानीय तहमा शिक्षा, आधारभूत स्वास्थ्य, हाल जिल्मा कायम रहेका विभिन्न प्राविधिक कार्यालय, सहकारी तथा सहरी विकासका जिल्ला कार्यालयहरू पनि स्थानीय तहमा हस्तान्तरण भएका हुन् ।
Categorized in समाज