काठमाडौं र ललितपुरबाट अवैध रुपमा जुवा-तास खेल्ने ३५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । साथै काठमाडौंमा जुवातास खेल्ने व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा घरको झ्यालबाट हामफाल्दा २ जनाको मृत्यु भएको छ ।
काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी पिपलबोट बस्ने ४० वर्षीय तेण्डु शेर्पाको घरमा अवैध रुपमा जुवा-तास खेलिरहेको अवस्थामा तेण्डु समेत २४ जनालाई नगद ४ लाख ५८ हजार २ सय २५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ
। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा काठमाडौं महाकांल बस्ने ४३ वर्षीय सरोज घले र सिन्धुपाल्चोक साबिक सिम्पलकाफले इन्द्रावती गाउँपालिका-१ का ३८ वर्षीय सोमलाल तामाङ उक्त घरको
झ्यालबाट हाम फाल्दा घाइते भएकोले उपचारको लागि बिएण्डबी अस्पताल लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।
ललितपुर महानगरपालिका-१८ भैसीपाटी मगरगाँउस्थित श्याम महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय हरि थापा समेत ११ जनालाई ६ बुक तास र नगद ५१ हजार ६ सय ९० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज