११ बैशाख २०८१, मंगलबार
Header

‘आरक्षण बचाऔं आन्दोलन’मा प्रहरी हस्तक्षेप, महासंघ अध्यक्ष बराम घाईते


प्रकाशित: शनिवार, ३२ साउन २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । आरक्षण बचाऔं आन्दोलनमा शनिवार काठमाडौंको पुतली सडकमा प्रहरी हस्तेक्ष भएको छ ।


प्रहरीले प्रदर्शनकारीहरुमाथि हस्तक्षेप गरी लाठी प्रहार गरेपछि आदीवासी जनजाती महासंघका अध्यक्ष जगत बराम घाईते भएका छन । 


भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन पुतलीसडकमा पुगेपछि शनिबार प्रहरीले हस्तक्षेप गरेको थियो । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारीहरु घाईते समेत भएका छन । उनीहरुको काठमाडौ मोडेल अस्पतालमा उपचार भईरहेको छ । 


लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन समावेशी नभएको भन्दै महासंघको नेतृत्वमा राजधानीमा निरन्तर आन्दोलनका कार्यक्रमहरु भईरहेको छन । 


यस अघि महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्दा पनि प्रहरी हस्तक्षेप भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD