११ बैशाख २०८१, मंगलबार
Header

सुनचाँदी कालिगढ तालिम सम्पन्न


प्रकाशित: मंगलवार, १९ चैत्र २०७५, १०ः०० बजे 
- महानगरखवर

काठमाडौँ । नेपाल सुनचाँदी हस्तकला व्यवसायी सङ्घ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) ले संयुक्तरुपमा आयोजना गरेको सात दिने कालिगढ तालिम सोमबार सम्पन्न भएको छ । 


सुनचाँदीको क्षेत्रलाई अझै व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले कालिगढका लागि प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजकले बनाएकोक छ । 


प्रशिक्षण कार्यक्रममा देशका सातै प्रदेशबाट उत्कृष्ट २४ कालीगढको सहभागिता रहेको सङ्घका अध्यक्ष मोहन विश्वकर्माले जानकारी बताए । 


पुख्र्यौंदेखि दलित समुदायले गर्दै आएको सुनचाँदी व्यवसाय आधुनिकीकरणसँगै सो समुदायबाट खोसिएको भन्दै अध्यक्ष विश्वकर्माले गुनासो गरे । 


प्रशिक्षक शिवा बगाले र दीपक खनालले प्रशिक्षण दिएको सो तालिममा सुनचाँदीको गहना निर्माणमा आधुनिकरण कसरी व्यवस्थापन गर्ने बारे प्रशिक्षण दिएको थियो । 


नेपालमा पहिलोपटक आधिकारिकरूपमा सुनचाँदी हस्तकलाका कालीगढलाई सीप परीक्षण गरी प्रमाणपत्र वितरण गरिएको अध्यक्ष विश्वकर्माको भनाइ थियो । 


सङ्घले जुनसुकै सीप भएका कालीगढलाई सीपका आधारमा प्रमाणपत्र दिने देशव्यापी अभियान चलाएको छ ।


समापन कार्यक्रममा प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक अकिम श्रेष्ठ, उप कार्यकारी निर्देशक दुर्गा उपाध्याय, तालीम निर्देशक नलराम देवकोटालगायतले सुनचाँदी व्यवसायलाई अझै व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्नेमा जोड दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD