८ बैशाख २०८१, शनिबार
Header

सिरिन्ज आक्रमणको आरोपमा पक्राउ परेका पाठक थुनामुक्त


प्रकाशित: मंगलवार, २४ असार २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । बनेपामा सोमबार बसमा एक महिलामाथि सिरिन्ज आक्रमण गरेको आरोपमा पक्राउ परेका खगेन्द्र पाठक थुनामुक्त भएका छन ।


प्रहरी अनुसन्धानमा पाठकले ती महिलामाथि सिरिन्ज आक्रमण गरेको कुनै प्रमाण नभेटाएपछि उनलाई प्रहरीले छाडेको हो । 


धुलिखेल जान बसेकी चढेकी ती युवतीको पाखुरामा घोचेजस्तो भएपछि सँगै बसेको पाठकलाई ‘हानिस कि क्या हो’ भनेर कराएपछि जम्मा भएको भिडले उनलाई नियन्त्रणमा लिई कुटपिट गरेर प्रहरीलाई बुझाएको थियो ।


स्याङजा जिल्लाका पाठकले पनि धुलिखेल काम विशेषले जाने क्रममा सो बसमा चढेका थिए । उनले सो आक्रमण नगरेको भन्दै प्रतिवाद गरेपनि भीडले उनको कुरालाई पत्याएको थिएन । 


प्रहरीका अनुसार अहिले पीडित महिलाको टेकुको शुक्रराज ट्रफिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रबाट रिपोर्ट आएपछि थप कारबाही गर्ने÷नगर्ने भन्ने निक्र्यौल हुने बताए । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD