७ बैशाख २०८१, शुक्रबार
Header

सरकारले फेरि नयाँ गुठी विधेयक ल्याउनेः मन्त्री अर्याल


प्रकाशित: शुक्रवार, ६ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले सरोकारवाला पक्षका साथै विज्ञसँग छलफल गरेर फेरि नयाँ गुठी विधयेक ल्याउने भएको छ । 


उपत्यकाको गुठी सम्पदामाथि आक्रमण भएको भन्दै चर्को विरोध भएपछि फिर्ता लिएको विधेयक परिमार्जन गरी विधेयक ल्याउने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले बताएका छन । 


सरकारले सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण, सम्वद्र्धन गर्ने गरी नयाँ विधेयक ल्याउन लागेको हो । 


मन्त्रालयले सरोकारवाला पक्षको चासो र चिन्ताको सम्मान गरी विज्ञको सुझावलाई कार्यान्वयन गर्ने बताउँदै पुराना परम्परा, अभ्यास भई आएका विभिन्न धार्मिक, सांस्कृतिक मूल्य मान्यता र परम्पराको संरक्षण गरिने गरी विधेयक ल्याउने बताए ।


सरकारले यस अघि देशभरका सार्वजनिक तथा गुठी जग्गाको अनुसन्धान गरी खोजी गर्न गत जेठ १५ गते उच्चस्तरीय आयोग गठन गरेको थियो गरेको समाचार राससमा छ । 


काठमाडौँ उपत्यका तथा बाहिर रहेका विभिन्न गुठीका नाममा भएका जमिन अतिक्रमणमा परेपछि त्यसलाई संरक्षण गर्न सरकारले हालै राष्ट्रियसभामा गुठी विधेयक पेश गरेको विधेयकमा उपत्यकाका गुठीमाथि प्रहार गरेको भन्दै उपत्यकावासीले विधेयक खारेजीको माग गर्दै संघर्ष गरिरहेको छ । 


सरकारले चौतर्फी दाववा पछि असार ३ गते विधेयक फिर्ता लिएको भोलीपल्ट असार ४ गते गुठी आन्दोलन संघर्ष समितिले माईघर मण्डलमा हजारौंको संख्यामा भव्य खवरदारी सभा गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD