१५ चैत्र २०८०, बिहिबार
Header

सरकारलाई खबरदारी गर्न उपत्यकावासी आज मण्डलामा


प्रकाशित: बुधवार, ४ असार २०७६, ०८ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारलाई खवरदारी गर्न आज उपत्यकावासी माईतीघर मण्डलामा भेला हुँदैछ ।


विहान ११ बजेदेखि काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा भेला भएर मण्डलामा हजारौंको संख्यामा उपत्यकावासीहरुले सहभागी जनाउने गुठी आन्दोलनको संयुक्त सघर्ष समतिले जनाएको छ । 


सरकारले गुठी विधेयक फिर्ता लिएपनि अपूर्ण भएको भन्दै समितिले विधेयक खारेज हुनुपर्ने माग राखेको छ । 


विधेयक फिर्ता भनेको स्थगन मात्र हो र सरकार अझै षडयन्त्रपूर्वक गुठी आन्दोलन तुहाउने योजनामा रहेकोले आन्दोलन जारी रहेको आन्दोलनको नेतृत्व गरिहरेको हरुको भनाई छ । 


जेठ २६ गते माईतीघर मण्डलाबाट सुरु भएको गुठी विधेयक विरुद्धको आन्दोलनमा प्रहरी दमन भएपछि आन्दोलनले चर्को रुप लिएको हो । 


यो आन्दोलन देशव्यापी भएपछि सरकार विधेयक फिर्ता गर्न बाध्य भएको हो । आजको प्रदर्शन ऐतिहासिक र सरकारलाई दवावपूर्ण हुने समितिको दावी छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD