८ बैशाख २०८१, शनिबार
Header

सरकारलाई खबरदारी गर्दै उपत्यकावासीको शक्ति प्रदर्शन, विधेयक खारेज नभएसम्म आन्दोलन नरोकिने


प्रकाशित: बुधवार, ४ असार २०७६, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयक फिर्ता हैन खारेजीको माग गर्दै उपत्यकवासीले आईतबार माईतीघर मण्डलामा विशाल शक्ति प्रदर्शन गरेको छ । 


हजारौंको संख्यमा सहभागी उपत्यकावासीले गुठी सम्पदामाथि भएको आक्रमणको एक स्वरमा विरोध गरेका छन । सरकारले विधेयक फिर्ता लिएपछि खवरदारी सभाको रुपमा शक्ति प्रदर्शन गरिएको थियो । 


सरकारले विधेयक फिर्ता गरेर अर्को षडयन्त्र गर्न खोजेको भन्दै विधेयकको खारेजी आफूहरुको बटम लाईन भएको बताएका छन । 


कार्यक्रमलाई नेवाः देय दबूका अध्यक्ष नरेश ताम्रकार, सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठ, अनिष बैध, उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी तथा अधिवक्ता शंकर लिम्बुले सम्बोधन गरेका थिए । 


वक्ताहरुले उपत्यकाका संस्कृती, सभ्यतामाथि सरकारले प्रहार गरेकोले यसको जवाफ आजको प्रदर्शनले दिएको बताएका थिए । 


ओली सरकारको कडा आलोचना गर्दै भूमि सुधार मन्त्री पद्मा अर्याल, गृहमन्त्री रामबहादुर थापा, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा समेत माग गरेका थिए । 


काठमाडौं, ललितपुर र भक्तपुरमा भेला भएका उपत्यकावासीहरुको सो भेलाले जनआन्दोलनको झलक दिएको थियो । उनीहरुले नेवाः एकता जिन्दावाद, सेभ भ्याली, सम्पदा मास्न पाईदैन, भूमाफिया पोस्न पाईदैन, नेवाः संस्कृती जिन्दावाद लगायतका नारावाजी गरेका थिए । 


विभिन्न जातिय संगठन, नेवाः संगठन, खल, पुचःहरु बाजा गाजासहित सभामा सहभागी भएका थिए । 


माइतीघर मण्डलामा उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो । प्रदर्शनका कारण उपत्यकाको यातायात व्यवस्थासमेत अस्त व्यस्त भएको थियो ।

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD