१२ बैशाख २०८१, बुधबार
Header

समाजवादी पार्टीद्वारा लोकसेवा विज्ञापनको खारेजी माग


प्रकाशित: आईतबार, ५ साउन २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । सत्तारुढ दल समाजावादी पार्टी नेपालको प्रदेश ५ समितिले लोकसेवा विज्ञापनको खारेजीको माग गर्दै विज्ञप्ती जारी गरेको छ । 


समितिले आयोगको विज्ञापन समावेशी सिद्धान्त विपरित, असामेवशी भएको भन्दै विज्ञापन खारेजीको माग गरेको हो । 


पछिल्लो समय दिनहँु जसो भईरहेको लोकसेवा विज्ञापनविरुद्धको आन्दोलनमा समितिको ऐक्येबद्धता रहेको समेत प्रदेश अध्यक्ष अशोककुमार यादवले जनाएको छ । 


अध्यक्ष यादवले आईतबार विज्ञप्ती जारी गरी गर्दै ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र खस आर्य समेतको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी धारा ४२ को सामाजिक न्यायको सिद्धान्त विपरित आयोगले विज्ञापन प्रकाशित गरेको उल्लेख गरेका छन ।


विज्ञप्तीमा भनिएको छ, ‘संविधानबाट प्राप्त समानुपातिक समावेशी जस्ता महत्वपूर्ण उपलब्धीका विरुद्ध लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन प्रकाशित गरेकाले असंवैधानिक विज्ञापनको घोर भत्र्सना गर्दछौं र उक्त विज्ञापनको विरुद्धमा भैरहेको आन्दोलनमा सहभागिताका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’


लोक सेवा आयोगले स्थानीय तहको लागि ९ हजार १ सय ६१ सिटका लागि माग गरिएको थियो । सो विज्ञापनमा साढे ४१ हजारले आवेदन दिए अनुसार शुक्रबारबाट देशभर परीक्षा जारी रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD