८ बैशाख २०८१, शनिबार
Header

विषादी प्रकरणले लज्जित प्रधानमन्त्रीलाई मन्त्रीहरु सम्माल्न कांग्रेसको चेतावनी


प्रकाशित: विहिवार, २६ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । विषादी प्रकरणले लज्जित बन्नु परेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसले सरकारका मन्त्रीहरु सम्माल्न चेतावनी दिएको छ । 


प्रधानमन्त्री ओलीले विहिवार भारतबाट आयातित तरकारी तथा फलफूल जाँचपास रोक्ने आशायको भारतीय पत्रबारे आफुलाई कुनै जानकारी नदिई झुक्याउँदा सार्वजनिक रुपमा आएको छैन भनेर बोल्दा आफू लज्जित हुनु परेको र यसको लागि क्षमाप्रार्थी छु भनेका थिए । 


प्रम ओलीको विनम्रता प्रकट भईरहेको बेला नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई कडा चेतावनी दिएको छ ।


विप्लव माओवादीको विषयमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव समूहको हिंसाबारे कांग्रेसको धारणा माग्दै दिनभरि वीपी, रातभरि विप्लव हो भनेर सोधेपछि कांग्रेस आक्रोशित बनेको छ । 


प्रवक्ता बाँस्कोटाको भनाईप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा आक्रोशित भई प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका छन, ‘लगाम उपहार पठाउँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?’


प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै ‘फोटोकपी’ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न । भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न !  लगाम उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?


शर्माले प्रधानमन्त्रीलाई सचेत गराएको बताएउँदै अभिभावक आफैं कति जिम्मवार छन भन्ने अर्को पश्न छ ।’


प्रवक्ता शर्माले विप्लव समूहले हिंसा छोड्नुपर्ने र सरकारले पनि वार्ताबाट समाधान खोज्नुपर्ने कांग्रेसको प्रष्ट धारणा बताउँदै आफूहरु हिंसाको समर्थनमा कहिले नहुने र हिंसाको खेल खेल्नेले यो कुरा बुझ्नु पर्ने बताएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD