८ बैशाख २०८१, शनिबार
Header

विवादित मन्त्रीहरुको राजीनामा माग, गुठी आन्दोलनको आगामी रणनीतिबारे छलफल


काठमाडौं । गुठी विधेयक खारेजीको मागसँगै विवादित मन्त्रिहरुको पनि गुठी आन्दोलन संघर्ष समितिले राजीनामा माग गरेका छन । 


बुधवारको खवरदारीसभाको मुख्य माग सरकारले अबिलम्ब बिधेयक खारेजी गर्नुपर्ने नेपाल भाषा मंका खलःका सविच नरेशवीर शाक्यले बताएका छन । 


शाक्यले गुठी आन्दोलनलाई समान्दवाद देख्ने मन्त्री, आन्दोलनको विषयमा भुमि व्यवस्थामन्त्री पद्मा अर्यालले गरेको नकारात्मक टिप्पणीले जनतामा आक्रोश पैदा गएको छ । 


विधेयक खारेजीसँगै उनीहरुको राजीनामा पनि चर्को रुपमा उठिरहेकोले राजीनामा दिनुपर्ने शाक्यले बताएका छन । 


हिजोको खवरदारीसभा प्रदर्शनकारीहरुले जोडदार रुपमा गृहमन्त्री रामबहादुर थापा, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र भूमी व्यवस्थामन्त्री अर्यालको राजीनामा माग गरेका थिए । 


समितिले सरकारले गुठी विधेयक फिर्ता गरेर सकारात्मक सन्देश दिएपनि आफूहरुको माग भनेको विधेयक खारेजी नै भएकोले खारेज नभएसम्म आन्दोलन जारी रहेको जनाएको छ ।

 
विहिवार समितिको आगामी आन्दोलनको रणनीति र कार्ययोजनाबारे छलफल गर्ने समितिले जनाएको छ । 


आजको छलफल सरोकारवाला, गुठियार, विद्धत व्यक्तिहरु शताब्दी पुरुष सत्यमोहन जोशी, केदारमक्त माथेमा, अधिवक्ता शंकर लिम्बु, गोन्दि टण्डन लगायत कानुनविद्हरु छलफल गर्ने समितिले जानकारी दिए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD