१४ बैशाख २०८१, शुक्रबार
Header

विधेयक फिर्ता नभएसम्म गुठी आन्दोलन नरोकिने, असार ४ गतेको तयारी तिव्र


प्रकाशित: सोमबार, २ असार २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले गुठी विधेयक फिर्ता नलिएसम्म गुठी आन्दोलन नरोकिने बताएका छन । 


उनले विधेयक फिर्ता लिएपछि मात्र संसोधन कुरा अघि बढ्ने बताउँदै सरकारले अविलम्ब विधेयक फिर्ता लिए मात्र सरकारसँग बार्ताको बतावरण तयार हुने जानकारी दिए । 


प्रधानमन्त्रीले विधेयकमा केही कमजोरी भए सच्याउने भनाई प्रति अध्यक्ष ताम्रकारले सो कुरा अमान्य हुने बताए । पहिला विधेयक फिर्ता भएपछि त्यसमा के कस्तो गर्ने भन्ने कुरा छलफलले टुंगो लगाउने भनाई राखेका छन । 


उनले भने, ‘सरकारसँग अहिले हाम्रो एक मात्र माग भनेको विधेयक फिर्ता गर । फिर्ता नभए कुनै हालतमा आन्दोलन रोकिदैन ।’


नेवाः सांस्कृतिसँग जोडिएको यो गुठी आन्दोलनको कारण उपत्यकावासी सरकारविरुद्ध जुरुक्कै उठेको छ । उपत्यकावासीको संस्कृतिमाथि सरकारले प्रहार गरेको भन्दै घर–घर, टोलटोल, चोक–चोकबाट मानिसहरु सडकमा उत्रेका छन । 


जेठ २६ गते माईतीघर मण्डलमा प्रहरी दमन भएपछि आन्दोलनले बृहत रुप लियो । दिनहुँ जसो गुठी विधेयक विरुद्ध आन्दोलन चर्केको छ । काठमाडौ, ललितपुर र भक्तपुरका जनता मात्र नभएर देशभरी नै विधेयकको विरुद्ध संगठित हुन थालेको छ । 


गुठी आन्दोलनको संयुक्त मोर्चा राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले यही असार ४ फेरि माईघर मण्डलमा बृहत विरोध सभाको आव्हान गरेको छ । 


अहिले सो सभालाई सफल बनाउन मोर्चासँग समन्य गरेको देय् दबूका अध्यक्ष ताम्रकारले अहिले प्रचाारत्मक कार्यक्रमलाई तिव्र बनाईरहेको जानकारी दिए । 


असार ४ गतेको आन्दोलन एकिकृत र बृहत हुने भएकोले यतिखेर सबैको ध्यान प्रचारत्मक कार्यक्रममा केन्द्रित भएको उनले बताए । 


त्यसैगरी समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले पनि माईतीघर मण्डालको पूर्वघोषित कार्यक्रम अनुसार उपत्यकाका सबै जिल्लला आन्दोलनको लागि प्रचारत्मक कार्यक्रम गरिरहेको बताएका छन । 


उनले विधेयक फिर्ता आफूहरुको ‘बटमलाईन’ भएको बताउँदै सरकारले समयमै आफुहरुको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD