काठमाडौं । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै ६१ नेपाली काठमाडौं आईपुगेका छन ।
विदेशी विमान कम्पनी थाई एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन ।
उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको अनलाईनखवरमा समाचार प्रकाशित छ ।
दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर काठमाडौं आएका हुन ।
Categorized in समसामायिक