८ बैशाख २०८१, शनिबार
Header

लोकसेवा प्रश्नपत्र च्यात्ने चार जना पक्राउ


प्रकाशित: शनिवार, ४ साउन २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । खोटाङमा लोकसेवा प्रश्नपत्र च्यात्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


लोकसेवा विज्ञापनविरुद्ध उत्रेका आदीवासी जनजाति कार्यकर्ताहरुले शनिवार लोकसेवा परिक्षा चलिहरेको बेला परिक्षाहल प्रवेश गरेर प्रश्नपत्र जलाएका हुन ।


आयोगले शनिबार प्रदेश १ को तिनवटा केन्द्रहरु खोटाङ, धनकुटा र ईलाममा परिक्षा लिएको थियो । खोटाङमा भने सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रश्नपत्र जलाएका थिए । 


आदीवासी जनजनाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईका अनुसार पक्राऊ पर्नेहरुमा आदिवासी जनजाति महासंघका खोटाङ जिल्ला सचिव रविन खम्बु र सहचिव एलबीमगर समेत छन । 


दलित विकास मञ्चका मिलन चाहार र सविना अछामीलाई पनि प्रहरीले पक्राउ गरेको अध्यक्ष पक्राउ परेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD