१२ बैशाख २०८१, बुधबार
Header

राष्ट्रिय सभा निर्वाचनका लागि सोमबारबाट आचार संहिता लागु


प्रकाशित: आईतवार, २५ पुस २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । निर्वाचन आयोगले माघ १२ गते हुन गईरहेको राष्ट्रिय सभा निर्वाचनको लागि आचारसंहिता लागु भएको जनाएको छ ।


आईतवार विज्ञप्ती जारी गरी सोमबारबाट आचारसंहिता लागु हुने जनाएको छ । निर्वाचन अवधीभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी समेत दिएको छ । 


आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचार संहिताको पूर्णरुपमा पालना गर्नरगराउन आयोग सम्पूर्ण सरोकारवालाहरुमा निर्देश गर्दछु ।’


आयोगका अनुसार आचारसंहिता तिनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लागू हुने जनाएको छ । 


त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकरी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन ।


निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षकमा लागु हुनेछ । 


त्यसैगरी सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD