१३ बैशाख २०८१, बिहिबार
Header

राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता, खबरदारी जारी रहने


प्रकाशित: मंगलवार, १० असार २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकराले राष्ट्रिय सभाबाट औपचारिक रुपमा गुठी विधेयक फिर्ता लिएको छ । 


राष्ट्रिय सभा बैठकले मंगलवार भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने प्रस्तावलाई सर्वसम्मतीबाट फिर्ता लिएको हो ।  


मन्त्री अर्यालले जनताको भावनालाई सम्बोधन गर्न विधेयक फिर्ता लिएको जानकरी दिँदै नयाँ विधेयक निर्माण सरोकारवालाहरुसँग आवश्यक छलफल तथा परामर्श गरेर विधेयक ल्याउने बताए । 


सरकारले विधेयक फिर्ता लिएपछि खारेजीको माग बारे आफू आश्चर्य भएको मन्त्री आर्यालले सभामा बताउँदै सरकारसँग जोरी खोज्ने निहुँ बनाउन नहुने भनाई राखिन । 


उनले विकस र समृद्धिको छलफलमा लाग्न आग्रह गरेका छन । 


यस विषयमा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले विधेयक फिर्ता भएपनि खवरदारी जारी रहने बताउँदै सरकारले ल्याउने अर्को विधेयक सरोकारवालाहरु, विज्ञ, संस्कृतिविद् तथा स्थानीयसँग व्यापक छलफल गरिनुपर्ने आफूहरुको माग रहेको बताए ।


उनले गुठी संचालन भूमि तथा सहकारी मन्त्रालय अन्तर्गत नभई स्वायत्त अधिकार प्राप्त निकाय बनाउनु पर्नेमा र सरकारको निगरानी हुनुपर्नेमा जोड दिएका छन । 


राष्ट्रियसभामा गत वैशाख १७ गते विधेयक दर्ता विरुद्ध सरोकारवाला, गुठियार, सम्पदा अभियन्ता तथा स्थानीयले उपत्यकाको गुठी सम्पदा ध्वस्त पार्न खोजेको भन्दै सडक आन्दोलन गरेपछि असार ३ गते दवाव सहन नसकी सरकारले विधेयक फिर्ता गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD