१६ चैत्र २०८०, शुक्रबार
Header

माईतीघर मण्डला प्रदर्शनको संकेत बुझौ, विवादित विधेयक खारेज गरौं


प्रकाशित: शुक्रवार, ६ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुठी विधेयक विरुद्धको विशाल जनसभाको संकेतलाई बुझ्न सरकारलाई आग्रह गरेको छ ।


समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले अहिले देखिएको विवादित विधेयक गुठी विधेयक, मिडिया काउन्सिल, सुरक्षा परिषद लगायतका विधयेकहरु खारेज गर्नु पर्ने बताए । 


भट्टराईले यी विधेयक संविधान विपरित भएको दावी गर्दै प्रदर्शनको संकेतलाई ध्यान दिन दिँदै माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह आग्रह समेत गरेका छन । 


असार ४ गते माईतीघर मण्डलमा भएको उपत्यकावासीको ऐतिहानिस जनप्रदर्शनले यतिखरे केपी ओली सरकारलाई टाउको दुखाई बनेको छ । 


गुठी आन्दोलन संघर्ष समितिले विधेयक खारेजीको मागलाई झनै कडा बनाउने चेतावनी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD