१४ बैशाख २०८१, शुक्रबार
Header

महानगरको ‘कोरोना एप्लिकेसन’ प्रयोग यसरी गरौं


प्रकाशित: मंगलवार, २५ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना परिक्षणको लागि संचालनमा ल्याएको मोवाईल एप्लिकेसन प्रयोग गर्ने बारे सिकाएको छ ।


महानगर प्रमुख विद्यासुन्दर शाक्यले एप्लिकेसनबारे यसरी बताएका छन,‘ मोबाइल एप्लिकेसन डाउनलोड गरिसकेपछि आफुलाई सजिलो लाग्ने भाषा छनौट गर्नोस । त्यसपछि संक्रमणको अवस्था थाहा पाउन ‘त्रियाज परीक्षण’ गर्न थाल्नोस ।’


कोरोना भाइरसको लक्षण देखिएर तत्काल बिशेषज्ञ सेवा लिनुप¥यो भने आपतकालीन नोट तत्काल सेवा लिन सकिने व्यवस्था उक्त एप्लिकेसनमा रहेको प्रमुख शाक्यले बताए । 


प्रश्नहरुको उत्तर ड््यास बोर्डमा रहनुभएका बिशेषज्ञ र आपतकालीन स्वास्थ्यकर्मी डाक्टरकोमा पुगेपछि उत्तरहरुलाई ‘त्रयाज स्केल’ को आधारबाट संक्रमण भए नभएको वा छ भने कुन अवस्था (स्केल)मा छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।


त्रियाज परीक्षणका हरेक प्रश्नमा दिइएको अङ्क भारका आधारमा ‘कोभिड संक्रमण देखिँदैन’, ‘संक्रमणको सम्भावना कम छ’, ‘कोभिडको सम्भावना छ’ र ‘कोभिडको धेरै सम्भावना देखियो’ गरी ४ प्रकारका परिणाम आउँछन ।


त्रियाज स्केल भनेको उपचारको क्रम निर्धारण गर्ने विधि हो । विधिको विकास चीनमा कोभिड भाइरस संक्रमितमा देखिएका लक्षण पत्ता लगाउन बिश्व स्वास्थ्य संगठनको बिज्ञ समूह ‘‘२५ इन्टरनेशनल एक्सपर्ट डब्लुएचओ टिम फाइन्डिङ् अफ कोडिभ — १९ सिम्प्टम्स इन चाइना’’ बाट प्राप्त तथ्याङ्कको आधारमा नेपालका स्वास्थ्यकर्मीहरु डा. रमेशकुमार महर्जन र डा. रष्मिशा महर्जनले विकास गरेका हुन । 


यस मानकबाट प्राप्त परिणामहरुमध्ये ‘कोभिड संक्रमण देखिँदैन’लाई नीलो रङ्गमा, ‘संक्रमणको सम्भावना कम छ’ लाई हरियो रङ्गमा, ‘कोभिडको सम्भावना देखिन्छ’ लाई पहेँलो रङ्गमा र ‘कोभिडको धेरै सम्भावना देखियो’ लाई रातो रङ्गमा संकेत गरिन्छ ।

 
स्वास्थ्य बिज्ञान र उपचार पद्धतिका आधारमा कुल ३१.३ अङ्कमा बिरामीको अवस्था छुट््याइन्छ । प्रयोगकर्ताहरुले आफ्नो स्वास्थ्य स्थितिलाई एक दिनमा बिहान, दिउँसो र बेलुका विवरण दिन सूचित गरिन्छ । 


प्रयोगकर्ताले भरेको विवरणका आधारमा यदि ० देखि १५.५ सम्म अङ्क प्राप्त भयो भने यो कोभिड नभएको अवस्था हो । यसलाई नीलो रङ्गले संकेत गरिन्छ । 


त्यस्तै १५.६ देखि १९.३ सम्म अङ्क प्राप्त भयो भने यसलाई हरियो रङ्गले संकेत गरिन्छ । यो भनेको कोभिड १९ संक्रमणको कम सम्भावना भएको अवस्था हो । यस प्रकारको परिणाम आएका प्रयोगकर्तालाई सजकताकालागि अलग्गै बस्ने र आफ्ना लक्षण सम्बन्धित विवरण भरेर दिनको ३ पटक अपडेट गर्न सुझाव दिइन्छ ।


१९.४ देखि २४.५ सम्म अङ्क प्राप्त गर्नेहरुलाई पहेँलो रङ्ले संकेत गरिन्छ । यो भनेको संक्रमणको सम्भावना देखिन्छ । सजगताकालागि अलग्गै बस्ने र आफ्ना लक्षणहरु दिनको ३ पटक भरेर पठाउन सुझाव दिइन्छ ।


रातो रङ्गले संकेत गर्ने परिणामका प्रयोगकर्ताले घाँटी र नाकको स्वाब परीक्षणकालागि तत्काल अस्पताल जानुपर्छ । त्रियाज परीक्षणमा २४.६ देखि ३१.३ सम्म अङ्क प्राप्त गर्नेहरु यस बर्गमा पर्दछन । 


यस्ता बिरामीलाई भौगोलिक सूचना प्रणालीका आधारमा बसोबास गर्ने ठाउँ पत्ता लगाएर महानगरको सहयोगका सञ्चालन भएको एम्बुलेन्स सेवा १०२ लाई तत्काल पठाइन्छ र संक्रमणको जोखिममा रहेका व्यक्तिलाई परीक्षणकालागि अस्पताल पु¥याइन्छ ।


यस प्रणालीमार्पmत भण्डारण भएका तथ्याङ्क तथा त्यससँग सम्बन्धित सूचना सम्बन्धि अधिकार महानगरपालिकासँग मात्र हुनेछ । यसमा बिरामीको गोपनीयतालाई सुरक्षित राखिनेछ ।


यो प्रणाली गुगल को ’प्ले स्टोर’ वा महानगरपालिकाको वेभसाईट वा एनरेनको वेभसाईटबाट डाउनलोड गर्न सकिन्छ ।
 

सिस्टममा (मोबाइल एप्लिकेसन) मा जानका लागि तलको लिङ्क थिच्नोस् ।  

https://play.google.com/store/apps/details?id=com.iclick.covidnew&fbclid=IwAR25ae1my--wuL9s8mxFb1zHAkbdDwRHJD32Mbk8v25AIwAFGdMZ1kA1cho

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD