१३ बैशाख २०८१, बिहिबार
Header

भारतमा एकै दिन कोरोना संक्रमित सात सय ७३ जना


प्रकाशित: विहिवार, २७ चैत्र २०७६, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतमा एकै दिन कोरोना पोजिटिभको संख्या सात सय ७३ जना बढेको छ ।


भारतीय सञ्चारमाध्यमहरुका अनुसार बुधवार रातीसम्म्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ भने मृतको संख्या १४९ जना रहेको छ । 


भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार दुई सय ७१ जनाको परीक्षण गरिएकोमा महाराष्ट्रमा एक हजार १८ जना संक्रमित भेटिएका छन भने ६४ जनाको मृत्यु भईसकेको छ । 


त्यसैगरी दिल्लीमा पाँच सय ७६ जना संक्रमित र ९ जनाको मृत्यु भएको छ । तामिलनाडुमा ६ सय ९० जना संक्रमित भएका छन र सात जनाको मृत्यु भएको छ । 


त्यसैगरी भारतका अन्य राज्यहरु तेलंगनामा, मध्यप्रदेश, गुजरात, उत्तरप्रदेश र विहारमा संक्रमितहरुको संख्या देखिएसँगै कोरोनाको कारण मृत्यु पनि भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD