७ बैशाख २०८१, शुक्रबार
Header

भारतको बिहारमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु


प्रकाशित: आईतबार, ९ चैत्र २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतको बिहारमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । 


कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ बर्षिय पुरुषको बिहारको राजधानी सहर पटनाको एम्स अस्पतालमा मृत्यु भएको हो । 


उनमा कोरोना भाईरसको संक्रमण गरेको पुष्टि भएको छ ।  शनिवार विहान मृत्यु भएका उनको दुवै मृगौला काम नलाग्ने भएको थियो । 


भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने विहारमै अर्का कोरोना संक्रमित व्यक्ति अहिले आइसोलेसन वार्डमा रहेको छ । 


उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेहको रोग रहेको बताइएको छ ।


भारतमा अहिलेसम्म ३३२ जना संक्रमित भेटिएका छन । भारतमा आइतबार जनता कफ्र्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD