१३ बैशाख २०८१, बिहिबार
Header

भक्तपुर अस्पतालमा आजबाट कोरोना परिक्षण सुरु


प्रकाशित: आईतबार, ३० चैत्र २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुर अस्पतालमा आईतारबाट कोरोना परिक्षण सुरु भएको छ ।

 
अस्पतालका सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार अस्पतालमा  ‍¥यापिड किट र्(यापिड डाइग्नोष्टिक टेस्ट) आईसकेकोले परिक्षण सुरु गरिएको हो । 


बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमार्फत ३ सय र्‍यापिड किट अस्पतालका लागि पठाएपछि यहिँबाट परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । 


क्वारेन्टाइनमा बसेकाको १४ र आवश्यकता पर्नेको २१ दिनसम्म रहेकाको ‍¥यापिड किटमार्फत परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट डा. गौतमले टेस्टपछि कोरोना पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम उपचार आवश्यक परे काठमाडौंको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने बताईन । 


अहिलेसम्म १५४ जनाको स्वाब नमूना संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको डा. गौतमको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD