१६ चैत्र २०८०, शुक्रबार
Header

भक्तपुरमा पनि निस्कियो मशाल जुलुस, विधेयक विरुद्ध विशाल प्रदर्शनी


प्रकाशित: आईतबार, १ असार २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयक विरुद्ध आईतबार साँझ ठुलो संख्यमा मशाल जुलुस निस्केका छन । 


विधेयक विरुद्ध प्रदर्शनकारीहरुले भक्तपुरको मध्यपुर ठीमी लगायत विभिन्न क्षेत्रको मशाल जुलुसले परिक्रमा गरी नरावाजी गरेका थिए । 


उनीहरुले गुठी विधेयक खारेज गरी, सम्पदा, संस्कृतिमाथिको अतिक्रमण बन्द, सम्पदा मास्न पाईदैन लगायतका नारावाजी गर्दै मसाल प्रदर्शन गरेका  थिए । 


मसाल अघि ठुलो संख्यमा उपस्थित भई विधेयक विरुद्ध सम्पदा अभियान्ता, गुठियार नाईके लगायतले भाषण दिएका थिए ।


त्यसैगरी आजै नै भक्तपुरको टौमढीमा पनि विरोध सभा भएको थियो । सो सभा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, भक्तपुरको आयोजनमा भएको थियो । 


सभालाई मोर्चाका कृष्ण थोमसु, केन्द्रिय अध्यक्ष पवनमान श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । 
 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD