८ बैशाख २०८१, शनिबार
Header

प्रहरी हस्क्षेपपछि लोकसेवा आयोगको ढोकैमा नाराजुलुस


प्रकाशित: विहिवार, २ साउन २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । असामेवशी लोकसेवा विज्ञापन विरुद्ध विहिवार लोकसेवा आयोगको कार्यलय घेराउ गर्न पुगेका प्रदर्शनकारीहरुलाई प्रहरीले ढोकामै रोकेका छन ।


विहान ९ बजे आयोगको कार्यलय घेराउन गर्न पुगेका प्रदर्शनकारी र प्रहरीविच घम्साघम्सी भएपछि ढोकैमा नाराजुलुस गर्दै धर्ना बसेका छन ।


उनीहरुले असामेशी लोकसेवा विज्ञापन खारेज गर, मन्त्री लालबाबु पण्डित राजीनामा दे, नालायक सरकार चाहिँदै जस्ता नारा लगाउँदै धनामा बसेका छन । 


प्रदर्शनकारीहरुले प्रहरी हस्तक्षेप भएको भन्दै सरकारको चर्को विरोध गर्दै कडा आन्दोलनको चेतावनी समेत दिएका छन । 


आयोगले असंवैधानिक रुपमा विज्ञापन प्रकाशित गरेर आदीवासी, दलित, अल्पसंख्यक, मुस्लिम समुदायको आरक्षण कटौती गरेपछि महासंघ सडक संघर्षमा उत्रेको हो । 


यस अघि राजधानीमा सिटी जुलुस, मसाल जुलुस, माईतीघर मण्डलामा व्यापक प्रदर्शनसहित विरोध जनाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD