१६ चैत्र २०८०, शुक्रबार
Header

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत 


प्रकाशित: आईतवार, ३ साउन २०७८, २२ः१५ बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन । 


आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाले १६५ मत आएको छ । 


सभामुख अग्निप्रसाद सापकोटाले देउवाको विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको बताए । 


प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन ।


एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए ।


सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD