१३ बैशाख २०८१, बिहिबार
Header

प्रधानमन्त्री ओलीनै भ्रममा, कर्मचारी पंक्तिले गुमराहामा राखेको आशंका


प्रकाशित: विहिवार, २६ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले विषादी परीक्षणबारे भारतीय कुटनीतिक स्तरबाट आएको दवावबारे आफूलाई कुनै जानकारी नदिई भ्रममा राखेको बताएको छ । 


ओलीले नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा भारतीय पक्षबाट आएको पत्रबारे आफूलाई पछिमात्र थाहा भएको बताउँदै सो जानकार पहिल्यैनै नदिएर अनभिज्ञमा राखेको भनाई राखे । 


उनले प्रधानमन्त्रीको हैसियतमा आफूले त्यसबारे जानकारी पाउनुपर्नेमा कर्मचारी पंक्तिले भ्रममा राखेको हुनसक्ने ओलीको आशंका छ । 


कर्मचारी पंक्तिले जानेर होस वा नजानेर वा थाहा नभएर आफूलाई यसबारे जानकारी नदिई गुमराहामा राखेको प्रम ओलीले बताए । 


यस विषादी परीक्षण स्थगितको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले पनि पत्रकार सम्मेलन गरी कर्मचारीहरूले आफूलाई गुमराहमा राखेको बताएका थिए ।


त्यसैगरी कृषीमन्त्री चक्रपाणी खनालले पनि विषादी परीक्षणको पुर्वाधार भएको र परिक्षण गर्ने सक्ने भन्दै मन्त्रिपरिषदको निर्णयको खण्डन समेत गरेको थियो । 


यतिमात्र नभए एक अनलाईनले भारतीय राजदूतावासले विषादी परीक्षण रोक्नबारे पत्रनै सार्वजनिक गरेपछि प्रधानमन्त्री ओलीले पत्र नआएको दावीको फर्दाफास गरेपछि सरकार झनै आलोचित बन्न पुग्यो । 


सर्वोच्च अदालतले पनि बुधवार विषादी परिक्षण रोक्ने निर्णय कार्यन्वयन गर्न आदेश दिएपछि सरकार अप्ठेरोमा परेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD