१६ चैत्र २०८०, शुक्रबार
Header

प्रधानमन्त्रीलाई विधेयक फिर्ता लिन सुझाव, फिर्ता नलिए थाम्नै नसक्ने आन्दोलनको चेतावनी


प्रकाशित: सोमबार, २ असार २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी आन्दोलन चर्कदै गएपछि परामर्श तिव्र बनाएका छन ।


सोमबार प्रम ओलीले उपत्यकाका जनप्रतिनिधिहरुलाई बोलाएर विधेयकबारे छलफल तथा परामर्श गरेका छन । 


बैठकमा सहभागी जनप्रतिनिधि तथा सांसदहरुले विधेयक फिर्ता लिन प्रमलाई सुझाव दिएको सांसद रामवीर मानन्धरले बताए । 


विधेयक फिर्ता लिनमै सबैले जोड दिएपछि प्रम ओलीले विधेयकबारे मन्त्रिपरिषद्को बैठकमा लगेर छलफल चलाउने बताएका थिए । 


प्रम ओलीले प्रस्तावित विधेयककामा कहि कतै कमजोरी रहेको छ भने संसोधनमार्फत हल गर्न सकिने भएपनि जनप्रतिनिधिको सुझावलाई बैठकमा छलफल गर्ने बताए । 


नेकपा सांसाद मानन्धरले विधेयक फिर्ता नभए असार ४ गते थामिनसक्नु आन्दोलन हुने चेतावनी समेत दिए । 


यस अघि सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD