१३ बैशाख २०८१, बिहिबार
Header

पाटनको मंगलबजारमा गुठी विधेयकविरुद्ध उर्लियो जनसागर (फोटो फिचर)


प्रकाशित: विहिवार, ३० जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । माईतीघर मण्डलबाट सुरु भएको गुठी विधेयक विरुद्धको प्रदर्शन अव उपत्यकाव्यापी बनेको छ । 


विहिवार पाटनको मंगलबजारमा गुठी विधेयकविरुद्ध जनसागर उर्लिएको छ । पाटनको १९ वटा जातिय संघ, संस्थाको अगुवाईमा भएको सो बृहत प्रदर्शनीमा उपत्यकाका सबै क्षेत्रबाट ठुलो संख्यामा सहभागी जनाएका थिए । 


उनीहरुले सरकारले ल्याएको गुठी विधेयकको चर्को नारावाजी गर्दै विधेयक फिर्ता गर्न चेतावनी दिएको छ । 


पाटनको विभिन्न टोलबाट बेलुका ५ बजे निस्केको जुलुस मंगलबजारमा गएर विशाल सभामा परिणत भएको थियो ।  


उपत्यकावासीको सम्पदामाथि चोट पुराएको र गुठीको जग्गा हडपी भू–माफियाहरु पोस्ने कार्य भन्दै जन आक्रोश बढेको छ । 


गुठीमाथिको आक्रमण उपत्यकावासीको लागि असहय हुने भन्दै आन्दोलन दिनदिनै चर्कदै गएको छ । अहिलेको आन्दोलनलाई सरकारले थेग्न नसक्ने अवस्था देखिएको छ । 


सभालाई नेवाः राष्ट्रिय देय दबूका अध्यक्ष नरेश ताम्राकार, ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्राकारलगायत गुठी अगुवाहरुले सम्बोधन गरेका थिए । 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD