१३ बैशाख २०८१, बिहिबार
Header

नेविसघंले प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’ पठायो, २७ गते मण्डलामा प्रदर्शन


प्रकाशित: मंगलवार, २४ असार २०७६, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको छ ।


भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि सडक र सदन संघर्ष चेर्केको छ । 


जनतालाई विषादी नखुवाऊ भन्दै सडक आन्दोलनका उत्रेका नेविसंघले यो सँगै विरोधका कार्यक्रम पनि सार्वजनिक गरेको छ । 


नेविसंघका नेता शुशील भट्टका अनुसार जिल्ला प्रशासन कार्यलयमार्फत आज प्रधानमन्त्री ओलीलाई विषादीयुक्त तरकारी पठाएर विरोध गरेको हो । 


आन्दोलनका कार्यक्रम अन्तर्गत २५ गते विषादीयुक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते महासल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD