६ बैशाख २०८१, बिहिबार
Header

नेविसंघको काठमाडौंमा मशाल जुलुस, १४ जना पक्राउ


प्रकाशित: विहिवार, २६ असार २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । विषादी परिक्षणको जाँचपास रोक्ने सरकारी निर्णय बिरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) विहिवार काठमाडौंमा मशाल जुलस निकालेको छ । 


सो क्रममा प्रहरीले नेविसंघका १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य सुशील भट्टसहित निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदीप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी र अनिल महर्जन रहेका छन ।


नेविसंघले निकालेको जुलुस बालाजु चोकमा कोणसभा गर्ने क्रममा महानगरीय प्रहरी बृत्त बालाजुले उनीहरुलाई पक्राउ गरेको हो । 


यसअघि नेविसंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको थियो ।


नेविसंघले चरणबद्ध विरोधको कार्यक्रम गरिरहेको छ । असार २७ गते माईतीघर मण्डलामा प्रर्दशन गर्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD