८ बैशाख २०८१, शनिबार
Header

ज्यापू महागुथिको बसन्तपुरमा विशाल विरोध सभा, यङगालमा बेलुका ६ बजे घण्टी जुलुस


प्रकाशित: शनिवार, ३२ जेठ २०७६, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । उपत्यकाको ज्यापू समुदायको संगठित संस्था ज्यापू महागुथीले शनिवार विहान बसन्तपुरमा भव्य ¥याली सँगै विरोध सभा गरेको छ । 


गुठी विधेयक विरुद्ध संघर्ष समिति, ज्यापू महागुथीको आव्हानमा निस्केको विशाल ¥यालीले न्यूरोड, जुद्धशालिक, इन्द्रचोक हुँदै बसन्तपुरको महादेव पार्वती डलवीमा विरोध सभामा परिणत भएको थियो । 


सभालाई महागुथीका अगुवाहरुले कार्यक्रमलाई सम्बोधन गर्दै गुठी विधेयक खारेजीको माग गर्दै आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए । 


सरकारले आफूहरुको माग पुरा नगरे सरकारले थेग्न नसक्ने आन्दोलन ल्याउने चेतावनी समेत दिएका छन । उपत्यकाको गुठी संस्कृतिमाथिनै सरकारले हस्तक्षेप गरेपछि जनता सडकमा स्वर्तफूर्त रुपमा निस्केका छन । 


गुठी विधेयक विरुद्ध नेवाः समुदायका विभिन्न जातिय खल, पुचःहरुले शक्ति प्रदर्शन गर्दै आएको छ ।


यसैविच आज बेलुका ६ बजेको काठमाडौंको यंगालमा विधेयकको विरुद्धमा घण्टी, सिटी, डमरु जुलुस प्रदर्शन गर्ने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD