१३ बैशाख २०८१, बिहिबार
Header

चीनबाट ल्याएका एन ९५ मास्कसहित स्वास्थय समाग्री वितरण गर्ने तयारी


प्रकाशित: आईतबार, १६ चैत्र २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । चीनबाट ल्याएको एन १५ मास्कसहित स्वास्थ्य समाग्री सरकारले आईतबारबाटै बाड्ने बताएको छ । 


नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उक्त समाग्री आजैबाट वितरण गर्ने बताएका छन । 


देवकोटाले पत्रकार सम्मेलनमार्फत चीनबाट ल्याइएको स्वास्थ्य सामग्री वितरण गरिने जानकारी दिए । 


सरकारले आफूले खरिद गरेको र चीन सरकार, ज्याकमा र अलिबाबाले दिएको स्वास्थ्य सामाग्री लिएर नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान काठमाडौं आइपुगेको थियो । 


चिनिया अर्वपति ज्याक माको अलिबाबा र ज्याकमा फाउण्डेशनले १ लाख २०० थान एन ९५ मास्क पठाएको छ ।


सरकारले उक्त स्वास्थ्य सामाग्रीहरू सबै प्रदेशमा वितरण गर्ने जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD