१३ बैशाख २०८१, बिहिबार
Header

चिनियाँ गिरोहको पैसा साट्ने ३ जना नेपाली पक्राउ


प्रकाशित: सोमबार, १६ भाद्र २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । एटिएमबाट पैसा चोर्ने गिरोहको पैसा साट्ने ३ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा पक्राउ पर्नेमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी रहेका छन ।


उनीहरुलाई सोमबार प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट चिनियाँ गिरोहबाट लिएको २९ लाख ९९ हजार रुपैयाँमा पनि नियन्त्रणमा लिएको छ । 


शनिबार काठमाडौंका एटिएम ह्याकिङ गरी पैसा निकालेका चिनियाँको नेपाली रुपैयाँ डलरमा साट्ेका थिए । नेपाली पैसा मनी एक्सचेन्जवालालाई दिएर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएर गएका थिए ।


चिनियाँ गिरोहले दरवारमार्गस्थित नविल बैंक लगायत अन्य बैंकबाट करिब पौने २ करोड रुपियाँ झिकेका थिए । प्रहरीले अहिलेसम्म ६ जनालार्य पक्राउ गरिसकेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD