११ बैशाख २०८१, मंगलबार
Header

घरभाडा छुटवारे महानगरमा परिपत्र आएको छैनः उपप्रमुख खड्गी


प्रकाशित: सोमवार, ८ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले घरभाडा छुट दिनेवारे सरकारको परिपत्र नआएको बताउनु भएको छ ।


नेवाः ग्वाहली पुचः (१७ वडा) का सदस्यहरुले सरकारले लकडाउनमा एक महिनाको घर छुट भाडा दिने निर्णय बारे गरिएको प्रश्नमा उपप्रमुख खड्गीले सो कुरा वताउनु भएको हो । 


उप्रमुख खड्गीले घरभाडा छुट दिने निर्णय व्यवाहारिक नभएको बताउँदै ‘ यो निर्णय परिपक्कव हैन, काठमाडौका कतिपय घरधनीहरुको अवस्था त्यही घर भाडाबाटनै जिविका चलाईरहेका छन, त्यसको लेखाजोखा गर्नुपर्दछ ।’ भन्नुभयो ।


२०७२ सालको भूकम्पपछि धेरै जनाले ऋण लिएर घर बनाएको अवस्था रहेकोले सरकारले ऋणको ब्याजको छुट दिनुपर्यो कि त यस विषयमा वृहत छलफल गरेर निर्णय जरुरी भएको उपप्रमुख खड्गीको भनाई रहेको छ । 


उपपप्रमुख खड्गीले लकडाउनको यो समयमा घर भाडामा वस्ने र घरधनीले आफ्नै स्वविवेक प्रयोग गर्नु पर्ने कुरामा जोड दिनुभयो । 

 

समाचार स्रोतः सम्पदा अभियान्ता यादवलाल कायस्थको फेसबुकमा अपलोड भिडियोबाट

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD