१५ चैत्र २०८०, बिहिबार
Header

गुठी सम्पदालाई ‘सामन्तवाद’ भनेकोमा सञ्चारमन्त्रीको राजीनामा माग


प्रकाशित: शनिवार, ३२ जेठ २०७६, १८ः२० बजे
- महानगरखवर

काठमाण्डौ । गुठी सम्पदालाई सामन्तवाद भनेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाको नेकपा सांसदहरुले राजीनामा माग गरेका छन । 


नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा कडा आपत्ती जनाएका छन । उनले भने सामन्ती शब्द फिर्ता लिनुपर्ने नत्र राजीनामा दिनु पर्ने बताए । 


उनले धेरै ठुलो स्वरले नकराउन चेतावनी दिँदै जनताको प्रवक्ता भएकोले सडकमा ओर्लेका जनताको आगोमा घिउ थप्ने काम गरेको आरोप लगाएका छन । 


नेकपा सांसद मानन्धरले विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी समेत दिएका छन । 


त्यसैगरी कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताउँदै सञ्चारमन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको टिप्पणी गरे । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD