१३ बैशाख २०८१, बिहिबार
Header

गुठी विधेयक विरुद्ध बनेपामा बृहत प्रदर्शन (फोटो फिचर )


प्रकाशित: मंगलवार, ३ असार २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयक विरुद्ध मंगलवार विहान बनेपामा बृहत प्रदर्शन भएको छ । 


बनेपामा विभन्न क्षेत्रबाट निस्केकेको जुलुसले बनेपा बजारको परिक्रमा गरेको थियो । हजारौंको संख्यामा विधेयकको विरुद्धमा स्थानीय जनता सडकमा उत्रेका थिए । 


सम्पदा अभियन्ता अनिष बैद्यले कार्यक्रमलाई सम्बोधन गर्दै गुठी विधेयक खारेजीको माग गरेका थिए । उनले नेवार समुदायको गुठी संस्कृतिमाथि सरकारले गरेकोले यसको जवाफ दिने चेतावनी दिए । 


विरोधमा सभामा हलि नेवाः गुथी, काभ्रे मिसा पुचः, विभिन्न जातिय संस्था, क्लवहरु, गुठियार, सम्पदाप्रेमी, स्थानीयहरुको उल्लेखिय सहभागिता थियो । 


प्रदर्शनको क्रममा उनले गुठी विधेयक खारेज गर, सम्पदा अतिक्रमण बन्द गर, सम्पदा हाम्रो ज्यान हो गुठी हाम्रो प्राण हो, सम्पदा प्रेमी एक हौ, नेवाः एकता जिन्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड बोकी निस्केका थिए । 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD