७ बैशाख २०८१, शुक्रबार
Header

गुठी विधेयक विरुद्ध न्यूरोडमा मैनबती जुलुस, आन्दोलन देशव्यापी बन्दै


प्रकाशित: बुधवार, २९ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयक विरुद्ध काठमाडौंको न्यूरोडमा बुधवार मोवाईल बत्ति जुलुस प्रदर्शन भएको छ । 


राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आव्हानमा अयोजित जुलुसमा सहभागीहरुले गुठी विधेयक खारेज गर, सम्पादा मास्न पाईदैन, नेवाः संस्कृति जिन्दावाद, प्रहरी दमन मुर्दावाद लगयातका नारा लगाउँदै कोर एरिया परिक्रमा गरेका थिए । 


बेलुका ५ बजेबाट सुरु भएको जुलुस न्यूरोडको जुद्धशुलुक, इन्द्रचोक, ओमबहाल, लगन, भिमसेन थान, मरु, यट्खा, न्यत, बांगेमुढा, असन, बालकुमारी भई फेरि जुद्ध शालिकमै सभामा परिणत भएपछि सभालाई सम्पदा अभियन्ताहरुले सम्बोधन गरेका थिए ।


आईतबार माईतीघर मण्डलामा भएको प्रहरी दमनपछि गुठी विधेयकको आन्दोलन देशव्यापी बनेको छ । 


उपत्यकाका तीनै जिल्लाबाट विभिन्न नेवार संगठनरु नेवाः देय् दबु, मंका खल, गुठीयारहरुको संगठनहरु एकत्रित भएर आन्दोलन चर्काउने घोषणा गरेको भने काठमाडौ बाहिरका जिल्लाहरु पनि विधेयक विरुद्ध प्रदर्शन हुन थालेको छ । हिजो धरानमा पनि गुठी विधेयकविरुद्ध ठुलो संख्यामा जुलुस निकालिएको थियो । 


आज कीर्तिपुरमा पनि गुठी विधेयक विरुद्ध जुलुस निकालिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD