१२ बैशाख २०८१, बुधबार
Header

गुठी विधेयक फिर्ता नलिन विजुक्छेको सरकारलाई आग्रह, गुठीको नाममा सामन्ती प्रथा 


प्रकाशित: सोमबार, ९ असार २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयक खारेजीको माग चर्को भईरहँदा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे भने विधेयक फिर्ताको विपक्षमा उत्रेका छन । 


यद्यपी सरकारले असार ३ गते विधेयक फिर्ता गरिसकेको छ तर विजुक्छे भने विधेयक फिर्ता नलिई पारित गर्नु पर्ने सरकारसँग माग गरेको छ । 


नेता बिजुक्छेले भक्तपुर नगरपालिकाको पाँचौ नगरसभा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले गुठीका नाममा हजारौं बिघा जग्गा कब्जा गरेर बसेका मठाधिशले जनतालाई गलत सूचना प्रवाह गरेको आरोप लगाएका छन ।


उनका भनाई अनुसार विधेयक भूमिहीन मोहीको पक्षमा छ, यसलाई फिर्ता गर्न गुठाधिश र सामन्तहरुको चलखेल भएको आरोप रहेको छ । 


विजुक्छेले सरकारले फिर्ता लिएको विधेयकलाई पुनः पेश गरेर पारित गर्नुपर्ने बताउँदै गुठीको नाममा गुठीको अझै पनि सामन्ती प्रथा जीवित रहेका बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD