१४ बैशाख २०८१, शुक्रबार
Header

गुठी विधेयक फिर्ताप्रति सांसद गंगा चौधरीको आक्रोश, भ्रम फैलाएको आरोप


प्रकाशित: विहिवार, ५ असार २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी आन्दोलनकारीलाई भाडाका मान्छे भनेर विवादीत बनेकी सांसद गंगा चौधरी सत्गौवले सरकारले गुठी विधेयक फिर्ता गरेकोमा अक्रोश व्यक्त गरेका छन ।


उनले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गुठी विधेयकमा सामन्ती सोच भएका र प्रतीपक्षी दलले दुखीहरुको खुसी देख्न नसकेर गुठी विधेयकमा भ्रम सिर्जना गरेको आरोप लगाइन । 


सरकारले गुठी विधेयक फिर्ता गरेर गुठी पीडितको भावनामा चोट पुगाएकी बताएकी छन । 


उनले भूमीहीन, जोताहा किसानले सरकारले ल्याएको गुठी विधेयकको स्वागत र समर्थन गरे पनि फिर्ता लिएपछि उनीहरुको भावनामा ठेस पुगेको बताएकी हुन । 


सांसद चौधरीले पूर्वजहरुलाई मालिकहरुले डर, धाक, धम्की देखाउँदै भुगोल लुटेको बताउँदै सामन्तीहरुलाई हाम्रा पूर्वजहरुले रातो भाले खुवाउन सकेनन । रक्सी पियाउन सकेनन र त्यहि झोंकमा हाम्रा पूर्वजहरुको पसिना लुटेर मुठ्ठिभरका दलालहरुलाई मालिक बनाएका सुनाएका थिए । 


ती मालिकहरु अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आर्कषक विज्ञापन गरिरहेको उनको आरोप रहेको छ । 


हिजो राजधानीमा उपत्यकावासीले विधेयक खारेजीको माग गर्दै विशाल प्रदर्शनी गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD