७ बैशाख २०८१, शुक्रबार
Header

गुठी विधेयक ठीक, आन्दोलनको औचित्य थिएनः सांसद गंगा चौधरी


प्रकाशित: सोमवार, १६ असार २०७६, १२ः०० बजे
- महानगरखवर

काठमाडौं । फिर्ता भईसकेको गुठी विधेककको बारेमा नेकपाकी सांसद गंगा चौधरी (सत्गौवा)ले फेरि चर्चा गरेकी छिन । 


चौधरीले एक अनलाईलनलाई अन्र्तवार्ता दिने क्रममा सरकारले प्रस्तुत गरेको विधेयकमा धर्म, संस्कृतिमाथि प्रहार नभएको तर प्रयाप्त छटफल छलफल पनि नभएको बताएकी छिन । 


विधेयकमा कुनै धर्म संस्कृतिमाथि खलल पुग्नेखालको प्रावधान नभएरको बताउँदै लहलहैमा मान्छेलाई उठाएको आरोप लगाएकी छिन । परिमार्जन गर्ने यथेष्ट स्थान भएपनि आगो बाल्नै पर्ने आन्दोलन आवश्यक नभएको उनको ठहर रहेको छ ।


गुठी विधेयक स्वागतयोग्य रहेको र  सदिऔँदेखि उत्पीडनमा परेका जाति समुदायका लागि विधेयक ठीक रहेको बताउँदै तराईको दाङ जिल्लाका आदीवासी थारु आफै जमिनबाट बेखदल हुनु परेको छ । गुठीको नाममा सयौ विगाह जमिनहरु अरुले कब्जा गरे ।

 
स्वर्गद्वारी गुठीको नाममा १२ सय विगाहा जमिन, संस्कृत विश्वविद्यालयको नाममा, विद्यालयको नाममा जग्गा हुने, जो भुमीको मालिक हो, त्यसलाई नहुने । जो बाहिरबाट गएको छ, उसलाई गुठीका नाममा जग्गा दिने काम भएको छ । 


चौधरीले सो अन्र्तवर्तामा यहाँका माननीयहरुले जनतालाई बुझाउन छोडेर बलेको आगोमा घिउ थप्ने काम गरेको अरोप लगाएक िछिन । 


उनले काठमाडौं बाहिर जति पनि ठाउँमा गएपनि विधेयक ठीक रहेको बताउँदै ललितपुरको गोदावरीका गुठियारहरु नुवाकोटमा गुठी पीडित किसानहरुले विधेयकको ठीक रहेको भनाई राखेको बताईन । 


भूमिहीन पीडित किसानहरुले काठमाडौं आउने नाका बन्द गरिदियो भने ?


अन्तरवार्तामा उनले गुठी विधेयक ल्याउनका लागि भूमिहीन पीडित किसानहरुले काठमाडौं आउने सबै नाका बन्द गरिदियो भने यहाँको अवस्था के रहला ? भूमिहीन पीडितहरुले त्यो तयारी गर्दैछन । यस्तो अवस्था आएपछि के हुन्छ देश ? यसले द्वन्द्व ल्याउँन सक्ने अवस्था औल्याएका छन ।


सांसाद चौधरीले आफूले सबैपक्षसँग छलफल चलाएर विधेयक परिमार्जन गरेर भएपनि ल्याउने दावी गरेका छन । 


यस अघि उपत्यकाम गुठी विधेयकविरुद्ध कडा संघर्ष चर्किएपछि सरकारले असार १० गते औपचारिक रुपमा राष्ट्रिय सभागृहबाट विधेयक फिर्ता लिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD