८ बैशाख २०८१, शनिबार
Header

गुठी विधेयक खारेजीकी कि संशोधन ? राष्ट्रिय सभामा संसोधन प्रस्ताव दर्ता


प्रकाशित: आईतबार, १ असार २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सडक र सदन दुवै स्थानमा गुठी विधेयकविरुद्ध खारेजीको माग चर्को रुपमा चलिरहेको छ । 


सडकमा दिनदिनै प्रदर्शन, नारावाजी, मशाल जुलुस जस्ता विरोधका कार्यक्रमहरु तिव्र रुपमा भईरहेको छ ।


काठमााडौं, ललितपुर र भक्तपुरमा हरेक दिन विरोधसभा भईरहदा प्रदर्शनकारीहरु पनि हजारौको संख्यामा उपस्थिती भई विधेयक खारेजीको माग जोडदार रुपमा उठाईरहेका छन । 


त्यसैगरी संसदमा सत्तारुढ दलकै सांसदहरुले उक्त विधेयक खारजी हुनुपर्ने माग उठाईरहेका छन प्रतिपक्षी दलका नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशी, पार्टी उपसभापति प्रकाशमान सिंह लगायतका थुप्रै नेताहरुले विधेयकको कडा रुपमा विरोध गरिरहेका छन । 


आज मात्रै नेपाली कांग्रेसले गुठी विधेयक विरुद्ध विशाल ¥याली प्रदर्शन गरेको छ । 


गुठी विधेयकले उपत्यकाको गुठी सम्पदामाथि आक्रमण गरेपछि उपत्यकावासी विधेयकको खारेजीको माग गर्दै जुरुक्के उठेको छ । उनीहरुले विधेयक सच्याउने हैन खारेजीनै हुनु पर्नेमा आफ्नो अडान राखेका छन । 


यता प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण सकेर काठमाडौं फर्के लगत्तै विधेयक सच्याउने प्रतिवद्धता जाहरे गरेपनि गुठी आन्दोलन भने रोक्ने अवस्था देखिएको छैन । 


प्रम ओलीको विधेयक सच्याउने भनाई आएपछि आईतबार राष्ट्रिय सभा गृहमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र राजपाका रमेशप्रसाद यादवले विवादित दफाहरू हटाउन संशोधन दर्ता गराएका हुन । 


उनीहरले विधेयकका विभिन्न दफाहरुमा संशोधन प्रस्ताव दर्ता गरेका छन । आफ्नै लगानीमा पूर्वाधार संरचना निर्माण गरी बहालमा दिने तथा सार्वजनिक–निजी साझेदारी वा निजी लगानीमा पूर्वाधार संरचना निर्माण सञ्चालन हस्तान्तरण गर्ने गरी लिजमा दिनेु व्यवस्था हटाउन उनीहरूले संशोधन हालेका छन ।  


गुठीको जग्गा बहालमा दिने व्यवस्थामा भने संशोधन परेको छैन । अधिकारी र यादवले प्रदेशको अधिकार खोस्न खोजिएको भन्दै संशोधन हालेका हुन ।  


विधेयकमा ६ वटा संशोधन दर्ता भएको छ । तीमध्ये चारवटा व्यक्तिगत छन भने दुईवटा सामूहिक छन । 


संसोधन गरेर सडकमा उत्रेका आन्दोलन मत्थर होला या आन्दोलन अझै चर्को हुने त्यो भविष्यले बताउने छ । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD