६ बैशाख २०८१, बिहिबार
Header

गुठी विधेयकविरुद्ध बसन्तपुरमा ऐक्यबद्वता तथा खवरदारी सभा


प्रकाशित: विहिवार, १९ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयकविरुद्ध निरन्तर खवरदारी गरिरहेका संघर्ष समितिले काठमाडौंको बसन्तपुरमा ऐक्यबद्धतथा तथा खवरदारी सभा गर्ने भएको छ । 


असार २० गते शुक्रवार बसन्तपुरस्थित महादेव पार्वती डवलीमा हुने सो सभामा आदीवासी जनजाति, मधेशी लगायत विभिन्न जातिय सँगठनहरुको ऐक्यवद्धतामा गुठ विधेयकको कडा विरोध गर्न बृहत सभा हुने आयोजक गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमले जनाएको छ । 


सो सभामा गुठी विधेयक विरुद्ध किन खवरदारी सभा गर्नुे पर्ने, फेरि ल्याउने विधेयकमा सरोकारवालाहरुको सहभागीता लगायतका विषयमा चर्चा हुनेछ । 


गुठी विधेयक संघर्ष समिति, ज्यापु महागुथि नेपाःको व्यवस्थापन रहेको यस सभामा गुठीयार, प्रबुद्ध व्यक्तित्वहरु, सम्पदा अभियान्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


यस अघि असार १४ गते शनिवार उपत्यकामा हजारौंको संख्यामा मोटरसाईकल ¥यालीको आयोजना गरेर खवरदारी गरेको थियो भने असार ४ गते लाखौ जनसमुदायको उपस्थितीमा माईतीघर मण्डलमा खवरदारी सभा गरेको थियो । 


सरकारले सडक र सदनको चर्को दवाव सहन नसकेपछि असार १० गते औपचारिक रुपमा विधेयक फिर्ता लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD