१६ चैत्र २०८०, शुक्रबार
Header

गुठी विधेयकको विरुद्ध पाटनमा यस्तो देखियो मसाल जुलुस ( फोटो फिचर)


प्रकाशित: शुक्रबार, ३१ जेठ २०७६, १९ः४० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयकको बिरुद्ध पाटनमा मसाल जुलुस निकालिएको छ । 


शुक्रवार बेलुका ६ बजे निकालिएको मसाल जुलुसमा ठुलो संख्यमा प्रदर्शनकारीहरु सहभागी भएका थिए । 


उनीहरुले गुठी विधेयक खारेज गर, सम्पदा मास्न पाईदैन, सम्पदा विरोधी होसियार लगायतका नाराबाजी गर्दै पाटनको मंगलबाजार हुँदै नगर परिक्रममा गरेका थिए । 


गुठी विधेयक बिरुद्ध स्थानीय जनता स्वतःफूर्त यतिखेर आन्दोलनमा उत्रेपछि हजारौंको संख्यामा प्रदर्शनकारीहरु भेला हुन थालेको छ । 


उपत्यकामा यतिखेर दैनिक जसो विभिन्न क्षेत्रमा विधेयकको विरुद्धमा नारावाजी, जुलुस, विरोधसभा हुन थालेको छ । 


माईतीघर मण्डलबाट सुरु भएको आन्दोलन उपत्यकाव्यापी बनेको छ । 


हिजो पाटनमा हजारौको संख्यमा मानिसहरु सहभागी भई गुठी विधेयकको विरोध गरेका थिए । 

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD