८ बैशाख २०८१, शनिबार
Header

गुठी जग्गाको तथ्यांक माग्दै गुठियार र सम्पदा अभियान्ता त्रिपुेश्वरमा


प्रकाशित: आईतबार, ५ साउन २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठीको जग्गाको तथ्यांक माग्दा नदिएको भन्दै गुठियार र सम्पदा अभियान्ताहरु गुठी संस्थान केन्द्रिय कार्यलय त्रिपुरेश्वर पुगेका छन ।


आईतबार  बाजागाजा सहित राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिको नेतृत्वमा संस्थान पुगी छिटो भन्दा छिटो तथ्यांक उपलब्ध गराउन ज्ञापनपत्र बुझाएका छन । 


सुचनाको हकबाट जनतालाई सुसुचित गर्नुपर्ने भन्दै अभियन्ताहरुले गुठीको जग्गाहरुको अवस्था के कस्तो अवस्था, कहाँ कति रहेको छ सबै विवरण उपलव्ध गराउन माग गरेका हुन । 


सम्पदा अभियन्ताहरुले गुठीको जग्गा विवरणहरु माग गर्दै क –कस्ले अतिक्रमण गरेको, मोहानी हक, मालपोतमा जग्गाको अवस्था, सरकारले उपभोग गरेका आदी सबै जग्गाहरुको विवरण फेहरिस्त रुपमा उपलव्ध गराउन माग गर्दै ज्ञापन पत्र पढेर सुनाएका थिए । 


त्यसैगरी संघर्ष समितिका अध्यक्ष तथा सम्पदा अभियान्ता गणपति लाल श्रेष्ठले गुठी संस्थाको जग्गा अतिक्रमण विरुद्ध आफूहरुको आन्दोलन निरन्तर रहेको बताएका थिए । 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD