६ बैशाख २०८१, बिहिबार
Header

गुठी आन्दोलनकारीहरुमाथि बल प्रयोग नगर्न आयोगको आग्रह


प्रकाशित: विहिवार, ३० जेठ २०७६, ०८ः२० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय मानवअधिकार अयोगले गुठी आन्दोलनकारीहरुमाथि बल प्रयोग नगर्न सरकारलाई आग्रह गरेको छ ।


गुठी आन्दोलन देशव्यापी बन्दै गएपछि सरोकारवाला, अधिकारकर्मी, राजनीतिक दल तथा विभन्न राष्ट्रिय संगठनहरुको ध्यानाकर्षण भएको छ ।


गुठी विधेयक विरुद्ध दिनदनै सडक आन्दोलन चर्किन थालेपछि सरकारलाई दवाव बढेको छ । 


यसै सन्दर्भम आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा देखिएको असन्तुष्टि वार्ता र संवादमार्फत खोज्न सरकारसँग आग्रह गरेको छ ।


गुठीसम्बन्धी विधेयकलाई लिएर संघर्षमा उत्रिएकाहरुलाई सरकारले बल प्रयोग गरेपछि आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादमार्फत असन्तुष्टि हल गर्न सरकारसँग आग्रह गरेको हो ।


आयोगका निर्देशक डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न समेत आग्रह गरिएको छ । 


आईतबार माईतीघर मण्डलामा प्रदर्शनकारीहरुमाथि प्रहरी दमन भएपछि उपत्यकाका गुठीयार, स्थानीय, सम्पदाप्रेमीहरुले गुठी विधेयक खारेजीको माग गर्दै आन्दोलनलाई तिव्र बनाइएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD